सुदूरको पहाडी जिल्लामा भूकम्प
दार्चुला : दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
दार्चुलापारि भारतको वतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए।
पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढेको छ। पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण जोखिम रहेको भुगर्भविद्ले बताउँदै आएका छन्।
आज मात्रै ९:२६ र ९:३९ गरी २ चोटी भूकम्प गएको छ ।
प्रतिक्रिया दिनुहोस !
८