आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरण हुने
![आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरण हुने](https://annapurnapost.prixacdn.net/media/albums/NRNA-598417ce505696.87209387_PVz1WDcnWr_tOFxnhSQf0.jpg)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
आजबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११ औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ । यसको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् ।
अधिवेशनमा अनलाइन भोटिङमार्फत संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिनेछ। इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ हुन लागेको हो। निर्वाचनमा ५९ देशमा ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले बताए । त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ।
कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)