सरकार अभिभावक बन्नुपर्छ भन्ने इजरायल घटनाले सिकायो

सरकार अभिभावक बन्नुपर्छ भन्ने इजरायल घटनाले सिकायो
फाइल तस्बिर।
सुन्नुहोस्

शनिबार बिहान इजरायलमा भएको आतंकवादी हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भयो।  यो भनेको देशले १० जना दक्ष कृषि प्राविधिक गुमाउनु हो। सञ्चार माध्यममा बिहानै यो खबर सुनेपछि कताकता मन थाम्न सकिएन। आमाको उपचारका लागि काठमाडौं गएको थिएँ। सुदूरपश्चिमबाट ४९ जना विद्यार्थी इजरायल गएका थिए। कृष्णपुर नगरपालिकाका पनि चार जना इजरायलमा रहेछन्। उनीहरूसँग सम्पर्क भयो। अनि, सम्झिँए सरकार किन अभिभावक बन्नुपर्छ भन्ने कुरा।

१. यो घटनामा सरकारले तुरुन्दै उद्धारको कदम चाल्यो। यस्तो बेला नै सरकार र राज्यको अनुभूति हुने हो। सरकारले समयमै २ सय ५४ जना नेपालीको उद्धार गरेर नेपाल फर्कायो। सरकारले स्वदेश फर्किन चाहनेहरूलाई छिटो उद्धार गर्नुपर्छ।

२. कञ्चनपुरकै एक जना विद्यार्थीलाई हमासले अपहरण गरेर लगेको खबर आएको छ। सरकारले हमाससँग सम्बन्ध भएका देशहरूसँग समन्वय गरेर अपहरणमा परेका ती विद्यार्थीको पनि सकुशल उद्धार गर्नुपर्छ।

३. कृष्णपुर नगरपालिकाले आफ्नो पालिकाका चार विद्यार्थीलाई काठमाडौंबाट घर पु¥याएको छ। जसरी संघीय सरकार, परराष्ट्र मन्त्रालयले इजरायलबाट उद्धार गरेर काठमाडौं ल्यायो, त्यसैगरी काठमाडौंबाट स्थानीय सरकारले पनि घरघरमा पुगाउनुपर्छ भनेर मैले मेरो पालिकाका चारै जनालाई त्रिभुवन विमानस्थलबाट आफ्नै घर (काठमाडौं) लगेँ। 

४. एक दिन, दुई रात नेपाल फर्किएका मेरो क्षेत्रका विद्यार्थीलाई मेरै घरमा राखें। उनीहरूलाई रिफ्रेस गराएर जहाजमा टिकट काटेर घरसम्म पुर्या‍इदिएँ। यसमा उनीहरूले अभिभावकत्व महसुस गरेका छन्। 

५. अहिलेको समयमा सरकार शासक होइन, सेवक र हरेक नागरिकको अभिभावक बन्ने समय हो। हामी सबैले यो कुरा बुझ्नुपर्छ। 

(ओझा, कृष्णपुर नगरपालिका, कञ्चनपुरका नगर प्रमुख हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.