मुस्ताङमा यात्रु सहायता कक्ष स्थापना

मुस्ताङमा यात्रु सहायता कक्ष स्थापना
सुन्नुहोस्

जोमसोम : मुस्ताङका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैं तिहार तथा छठ पर्व पर्वलाई लक्षित गर्दै मुस्ताङ भित्रिएका पर्यटकका लागि जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले थासाङ गाउँपालिका-४ घाँसा, घरपझोङ-३ पुथाङ एअरपोर्ट र वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

मुस्ताङ प्रहरीले चाडपर्वको समयमा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको र उनीहरूको सेवाका लागि पर्यटक यात्रु सहायता कक्ष स्थापना गरेको हो। 

योसेवा चाडपर्व रहुन्जेलसम्म निरन्तर सेवा सञ्चालनमा रहने जिल्ला ट्राफिक इञ्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण पोखरेलले जानकारी दिए। मुस्ताङ भ्रमणमा रहेका सबै खाले पर्यटकहरूलाई आइपर्ने समस्या यात्रु सहायता कक्षबाट सहजीकरण गरिने उनको भनाइ छ। 

यसका लागि जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर सय र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोर्न गरी सहयोग लिने सक्ने ट्राफिक इञ्चार्ज पोखरेलले बताए।

मुस्ताङमा पहिलो पटक पर्यटकलाई लक्षित गरी यात्रु सहायता कक्षा स्थापना गरिएको हो। कक्ष स्थापना भएसँगै यात्राका क्रममा समस्यामा परेका एक दर्जन यात्रुले सहयोग प्राप्त गरेको ट्राफिक प्रहरीको भनाइ छ।

यात्रु सहायता कक्षले सवारी साधनको भाडादर अनुगमन तथा नियमन गर्ने, कुनै दुर्घटना वा अन्य विपद्मा परेका पर्यटक यात्रुको उद्धारका लागि आवश्यक सहजीकरण गर्ने, होटल तथा अन्य स्थानमा मालसामान छुटेको वा हराएको भएमा खोजी गर्न सहयोग गर्ने, मुस्ताङ भ्रमणमा रहेका पर्यटकले कुनै सूचना लिन चाहेमा सूचना उपलब्ध गराउने कार्य गर्नेछ। 

मुस्ताङमा दसैं तिहार तथा छठ पर्व सुरु भएसँगै पर्यटकको संख्या बढ्दै गइरहेको छ। विशेष चाडपर्व बिदाको अवसर पारेर युवा युवतीहरू मुस्ताङ आउन थालेका हुन्। 

दसैं/तिहार लामो बिदामा सरकारी कर्मचारी, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्थापक साथै दसैं मनाउन घर फर्किएकाहरू अहिले मुस्ताङ आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बताएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.