छातीमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउन प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा

छातीमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउन प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा
फाइल तस्बिर

काठमाडौं : छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन्। छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री दाहालको रगतलगायतका परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए। उनका अनुसार परीक्षणको रिपोर्ट आएपछि मात्रै प्रधानमन्त्री दाहाल बालुवाटार फर्किनेछन्।

'छातीमा समस्या आएपछि प्रधानमन्त्रीज्यु स्वास्थ्य परीक्षण गराउन नर्भिक आउनुभएको छ। अहिले परीक्षणहरू भइरहेको छ। रिपोर्ट आइसकेपछि प्रधानमन्त्रीज्यु बालुवाटार फर्किनुहुनेछ,' खकुरेलले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.