चुमनुब्री स्याउ, किसानको घरमै थन्कियो

चुमनुब्री स्याउ, किसानको घरमै थन्कियो
सुन्नुहोस्

गोरखा : गोरखा चुमनुब्रीको स्याउका लागि भारत, चीन, जापान, अमेरिका र स्विट्जरल्यान्डबाट उच्च माग भइरहेको छ। तर, विदेश त परै जाओस, स्वदेशी बजारमा पनि स्याउ पुग्न सकेको छैन। ढुवानी गर्न नपाई सित्तैमा खेर जाने हो कि भन्ने चिन्ता किसानलाई छ। 

२७ सय मिटर उचाइमा फल्ने गरेको ‘चुमनुब्री स्याउ’ रसिलो र स्वादिलो मानिन्छ। किसानका अनुसार यो स्याउमा औषधिको प्रयोग हुँदैन, केवल रासायनिक मल मात्रै हाल्ने गरिन्छ। चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित स्याउबारीको १२ हजारवटा बोटमा फलेको स्याउ टिपेर घरमै थन्क्याएर राखेको लाक्पाडुण्डुप लामाले जानकारी दिए।

उनले मनास्लु क्षेत्रको ३० हजार किलो स्याउ किसानको घरमै थन्किएको जानकारी दिए। ‘हाम्रो गाउँपालिकामा मोटरबाटो छैन। खच्चडले चार, पाँच दिनको बाटो बोकेर सहर बजार पुर्‍याउँदा बिग्रिने सम्भावना हुन्छ भनेर अहिलेसम्म स्याउ ढुवानी गरेको छैन’, लामाले भने, ‘पोहोर हिमाल चढ्न आएका आरोहीलाई छोडेर फर्कने गरेका हेलिकप्टरमा ढुवानी गरेको थिएँ। यसपटक सरकारले हेलिकप्टर जहाँ पायो त्यही ल्यान्ड गर्न पनि दिएन। त्यसैले ढुवानी नै गर्न सकिएन।’ 

स्याउ ढुवानी नहुँदा निराश बनाएको उनले बताए। ‘उत्तरी गोरखामा व्यावसायिक रूपमा स्याउ खेती गरौंला, अरूलाई पनि व्यवसाय गर्न प्रोत्साहन होला भनेर ३ सय रोपनी क्षेत्रफलमा १२ हजार बोट स्याउ लगाएको थिएँ’, लामाले भने, ‘यसपालि ३० हजार किलो स्याउ उत्पादन भएको छ तर ढुवानी गर्न सकिएन। आफंै निराश भएँ। अरूलाई कसरी हौसला दिऊँ ?’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.