मन्थली जाँदै गरेको गाडी बीपी राजमार्गमा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

मन्थली जाँदै गरेको गाडी बीपी राजमार्गमा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते
दुर्घटना भएको माइक्रो
सुन्नुहोस्

काभ्रे : बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका- १२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन्। उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा ७:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

nullउनका अनुसार दुर्घटनामा गाडीमा सवार मन्थली नगरपालिका-१ की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका- ६ का टंकप्रसाद दाहाल, मन्थली नगरपालिका- २ की ज्ञानु ढुंगेल, मन्थली नगरपालिका- १ की रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका- ६ का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका -३ की उर्मिला घिमिरे घाइते भएका छन्।  मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका -३ का ४० वर्षीय रामकुमार राई ढाडमा र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवारको देब्रे खुट्टामा चोट लागेको छ।

उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने इलेक्ट्रिक गाडीका चालक काभ्रे पनौती नगरपालिका -५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.