गाजाको अस्पतालमा आक्रमण, ५०० जनाको मृत्यु

गाजाको अस्पतालमा आक्रमण, ५०० जनाको मृत्यु
सुन्नुहोस्

गाजाको स्वास्थ्य विभागले एउटा अस्पतालमा इजरायली हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली सेनाले भने यो आक्रमण आफूले नगरेको बताएको छ। 'अस्पताल एकदमै संवेदनशील भवन हो र उक्त क्षेत्र आइडीएफको निशाना होइन। आइडीएफले विस्फोटको स्रोतबारे अनुसन्धान गरिरहेको छ।', इजरायली सेनाको प्रवक्ताको कार्यलयले भन्यो।

तर आइडिएफले ट्विट गर्दै अल अहली अस्पतालमा भएको हमला प्यालेस्टाइनी लडाकुहरूले प्रहार गरेको रकेटको परिणाम भएको जनाएको छ।

गाजास्थित हमासको मिडिया कार्यालयले आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ। 'गाजामा इजरायली हमलापछि अस्पताल सयौं  मानिस घाइते छन्, धेरै मानिस घरबारविहीन भएका छन्। सयौं पीडितहरू भग्नावशेषमा दबिएका छन्।' 
 
उक्त अस्पतालमा करिब ४ हजार मानिस शरण लिएर बसेका छन्। उनले अहिले अस्पतालको ८० प्रतिशत सेवा प्रभावित भएको र विष्फोटमा सयौंको ज्यान गएको वा घाइते भएको अस्पतालका डाक्टरले बताए । प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोकको घोषणा गरेका छन् ।
 
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्।

अल अहली अस्पताल एङ्गलिकन चर्च द्वारा सञ्चालित छ। क्यानन रिचर्ड सेवेल, सेन्ट जर्ज कलेजका डीन, जेरुसेलमको एङ्गलिकन चर्चका शीर्ष अधिकारीहरू मध्ये एकले भने, 'करिब ६ हजार मानिसहरूले यस अस्पतालमा शरण लिएर बसेका थिए।'बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.