गाजा अस्पताल आक्रमणको संयुक्त राष्ट्रसंघद्वरा निन्दा

गाजा अस्पताल आक्रमणको संयुक्त राष्ट्रसंघद्वरा निन्दा
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन्।  आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन्।

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो।

'हामीलाई यो नरसंहारको बारेमा सबै कुरा थाहा भइसकेको छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ,' यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले बताए।

'नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ,' उनले जोड दिए।

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलबार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो। त्यहाँबाट शरण खोजिरहेका करिब ४,००० मानिसहरूले अस्पतालमा आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

डब्ल्युएचओले  भनेको छ, 'अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २०  मध्ये एक हो। डब्ल्युएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाको लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन।'

मङ्गलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेड क्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी) ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ।

'अस्पतालहरू मानव जीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्यहरू हेर्नका लागि होइन। अस्पतालको शैय्यामा आक्रमणबाट बिरामीको मृत्यु हुनु हुँदैन। अरूलाई बचाउन खोज्दा कुनै पनि डाक्टरले आफ्नो ज्यान गुमाउनु हुँदैन। अस्पतालहरूलाई अन्तरराष्ट्रिय मानवीय कानून अन्तर्गत सुरक्षित हुनुपर्छु', डब्ल्युएचओले जनायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.