गौरका एक युवकको बिहारमा गोली हानी हत्या

गौरका एक युवकको बिहारमा गोली हानी हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रौतहट : रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

रामगढवा बजारस्थित शिवशक्ति राइस एन्ड फ्लोर मिलमा हिसाब किताबको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान प्रहरीको छ ।

भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए ।

गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नगरपालिका- ९ का वडाध्यक्ष अर्जुन सिंहले बताए। उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेको छ।

लुटेरा समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन् । मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.