६ लाख बढी लुट्ने सहनी प्रक्राउ

६ लाख बढी लुट्ने सहनी प्रक्राउ
सुन्नुहोस्

गौशाला : इलाका प्रहरी कार्यालय गौशालाले रकम लुटेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। असोज ७ गतेका दिन गौशालावजारबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाटमा सलग्न सर्लाही जिल्ला मलगवा नगरपालिका-५ मा डेरा लिई बस्दै आएको २९ वर्षीय रमेश सहनीलाई नियन्त्रणमा लिएको हो।

 
प्रहरी निरीक्षक मनोजकुमार यादवले दिएको जानकारी अनुसार सहनीले गौशाला नगरपालिका ११ भरतपुरखोरका सुर्जकला देवी महतोको साथबाट सो रकम लुटिएको आरोपमा पक्राउ गरिएको हो। सहनीलाई गौशाला नगरपालिका-७ को सीमामा पर्ने बाँके खोलाबाट नियन्त्रणमा लिएको हो। 

ओखलढुंगाबाट शम्भु महतोले पठाएको सो रकम गौशालास्थित एनआईसी एसिया बैंकबाट निकालिएर घरतर्फ जाने क्रममा सहनीले रकम लुटिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन्। 

अल्फाबेटिकल खुल्न नसकेको ७०५९ नम्बरको मोटरसाइकलमा रकम खोसी भागेको दृश्य सीसीटीभीमा कैद भएको र सो क्रममा अनुसन्धान गर्दा उनलाई पक्राउ गर्न सफल भएको यादवले बताए। प्रहरी नियन्त्रणमा रहेको सहनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.