डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एक वृद्धको मृत्यु

डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एक वृद्धको मृत्यु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा सडक मर्मत तथा सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एक जना वृद्धको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ८२ वर्षीय कृष्ण हादुर सुनारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।

दसैं पर्वलाई लक्षित गरेर पराल्मीको टानेटादेखि टापु जाने सडक मर्मत तथा सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर सुनारको घटनास्थलमै मृत्यु भएको हो। घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ वर्षीय कृष्णबहादुर लामिछाने रहेको खुलेको छ। चालक लामिछानेलाई  प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.