सिनर्जीको सेयर लिलामीमा

सिनर्जीको सेयर लिलामीमा

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५ लाख ६३ हजार २ सय ६१ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ। कम्पनीको सर्वसाधारण समूहको सेयर बुधबारदेखि बिक्रीमा आएको हो।

लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद कात्तिक १५ गतेसम्म छ। यसअघि कम्पनीले भदौ ३ देखि ३१ गतेसम्म ४० गतेसम्म ३२ लाख ८ सय ७५ हजार कित्ता (५०प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले लिलामीमा बेच्न लागिएको हो। यो सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल हो।

सेयरमा सानिमा क्यापिटल नक्साल काठमाडौं तथा सानिमा बैंकको हेटौंडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, बीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ शाखा कार्यालयबाट पनि बोलपत्र पेस गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.