बुढीगंगामा अवैध माटो उत्खनन्, खेतीयोग्य जमिन जोखिममा
प्रहरीलाई खबर गरेपछि प्रहरीले नै माटो उत्खन्न गर्ने ठेकेदारलाई जानकारी गराउने गरेकाले रोक्न नसकेको स्थानीय मो नाजिमको आरोप छ ।
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा अवैध रुपमा बुढी खोलाबाट माटो उत्खनन् हुने गरेको पाइएको छ । गाउँपालिकाले तोकेको मापढण्ड विपरित स्काभेट प्रयोग गरेर बुढी खोलाको माटो उत्खन्न गर्दा व्यक्तिको खेतीयोग्य जग्गा समेत कटानको जोखिममा पुगेको हो।
मोरङ –सुनसरीको सीमा भएर बग्ने बुढी खोलामा मापढण्ड विपरित माटो ठेकेदारले स्काभेटर लगाएर खोलाको उत्खन्न गरी हैवा ,टिपर र ट्रयाक्टर लगाएर माटो बच्ने गरेको पाइएको छ । सुनसरीको दुहवी ६ स्थित काली मन्दिर पूर्व र मोरङको बुढीगंगा ५ स्थित रहेको पोठिया बस्तीबीच भएर बग्ने सो खोलामा मापढण्ड विपरित स्काभेट लगाएर माटो उत्खन्न गरी बेच्ने गरेको हो ।
स्थानीयले अवैधरुपमा खोलाको माटो उत्खन्न गरेको भन्दै पटकपटक गाउँपालिका वा स्थानीय प्रशासनलाई आग्रह गरेपनि माटो उत्खन्न नरोकिएको बताएका छन् । सो गाउँपालिकाले यस वर्ष सो खोलाबाट माटो उत्खन्न गर्न लगाएको ठेक्कामा प्रष्ट रुपमा बुदा नम्बर १३ मा नदी वा खोला उत्खन्न तथा संकलन गर्न हैवी इकुमेन्ट प्रयोग गर्न नपाइने भने उल्लेख गरिएको छ ।
१४ नम्बर बुँदामा माटो र भरोटको प्रकृतिक स्रोत संकलन तथा बिक्री शुल्क असुल गर्दा प्राकृतिक धारा ,किराना घाट ,कुलेशा ,लोक मार्ग तथा सार्वजनिक स्थललाई क्षति नपुग्ने गरी पुलको ५ सय मिटर उतर दक्षिण , पूर्व पश्चिमको भू-भाग छाडेर उत्खन्न गर्न पाएन भनेर उल्लेख गरिएको छ । तर, तर दुहवीहुँदै बुढीगंगा गाउँपालिका जाने बुढी खोलाको पुलको दक्षिणतिर खोला करिब ३ सय मिटरभित्रै स्काभेट लगाएर माटो उत्खन्न गर्ने गरेको पाइएको हो ।
दुहवीका अकबर नामको एक माटो ठेकेदारले स्थानीयलाई माटोको कारोबार गर्नेलाई उत्खन्न गर्न लगाएको शंकर माझीले बताए । गाउँपालिका र प्रशासनलाई मिलाएर अवैध रुपमा खोलाको माटो उत्खन्न गर्दा बर्सेनि बाढीको सास्तीसँगै खेतीयोग्य जग्गा कटान हुने गरेको उनले बताए ।
प्रहरीलाई खबर गरेपछि प्रहरीले नै माटो उत्खन्न गर्ने ठेकेदारलाई जानकारी गराउने गरेकाले रोक्न नसकेको स्थानीय मो नाजिमको आरोप छ । उनका अनुसार प्रहरीले पनि ट्रिप अनुसार पैसा लिने गरेको छ । गाउँपालिका समेत पटकपटक जानकारी गराए पनि आलटाल गर्दै आएको उनले बताए ।
।
वर्षायामा आफू मनमर्जी गाउँपालिकामा बिना जानकारी स्थानीय बुढीखोलाको डिल नै मास्ने गरी माटो उत्खन्न गरेर बेच्चने गर्दा कोशी प्रदेशको राजधानी बिराटनगर आसपासका क्षेत्रमा डुबान हुने गरेको छ । सो गाउँपालिकाका केहि जनप्रतिनिधि समेत माटोको कारोबारी रहेकाले अनाधिकृतरुपमा माटो उत्खन्न गर्ने काम गरिरहेका छन्।
अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानीय रमेश चौधरीले बताए । ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको उनले बताए । ऐन अनुसार बस्तीसँगै नदी छेउमा रहेको व्यक्तिको नम्बरी जग्गालाई समेत जोखिमा पार्ने गरी माटो काट्न नदिने व्यवस्था छ ।
सरकारले असारदेखि भदौसम्म नदीजन्य ठाउँ र वरपरबाट बालुवा माटो प्रशोधन गर्न न पाइने कानुनी व्यवस्था भने स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तीनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न नपाइने व्यवस्था छ।
उता गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरसँग पटकपटक सम्पर्क गर्न सम्पर्कमा आउन चाहेन ।