इजरायल पुगे बेलायती प्रधानमन्त्री सुनक

इजरायल पुगे बेलायती प्रधानमन्त्री सुनक
सुन्नुहोस्

तेल अविव : इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव पुगेका छन्।

प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजराइली समकक्षी बेन्यामिन नेतान्याहु र इजराइली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ।

'प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतंकवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ,' रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भने।

यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने रोयटर्सले जनाएको छ। 

यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौंको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.