अवैध रूपमा ल्याएको चिनी बरामद
काभ्रे : अवैध रूपमा ल्याएको चिनीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरिएको हो।
जिल्लाको पनौती नगरपालिका-७ बसपार्कबाट राजस्व छली गरेर ल्याएको चिनीसहित उनी पक्राउ परेका हुन्। बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले ५० किलोको ९२ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।