५२ ज्येष्ठ नागरिकलाई दसैं खर्च वितरण
महोत्तरी : महोत्तरीको औरहीस्थित विषहरामाई बचत तथा ऋण सहकारी संस्थाले ५२ जना ज्येष्ठ नागरिकलाई दसैं खर्च उपलब्ध गराएको छ।
बिहीबार संस्थाले एक कार्यक्रमको आयोजना गरी संस्थामा नियमित रूपमा कारोबार गर्ने सो संख्याका ज्येष्ठ नागरिकलाई दसैं खर्च उपलब्ध गराएको हो।
संस्थाले जनही ५ सयका दरले सो रकम वितरण गरिएको संस्थाका प्रबन्धक रामनारायण साहले जानकारी दिए। संस्थाको वार्षिक कार्ययोजना अनुरुप नेपालीहरुको महान पर्व दसैंको अवसरमा यो रकम लक्षित वर्गलाई उपलब्ध गराएको साहले बताए।
आफ्ना ज्येष्ठ नागरिक सदस्यको स्वास्थ्य ख्यालको साथै चाहना अनुसारको कार्य गर्नका लागि सहज होस् भनि रकम उपलब्ध गराएको प्रबन्धक साहले बताए।
नगरभरिका ज्येष्ठ नागरिकको लक्षित गर्दै एक लाखसम्मको स्वास्थ्य बिमा घर घरमा सुचारु हुने औरही नगरपालिका-७ का वडाध्यक्ष जितेन्द्र यादवले बताएका छन्।
दसैंपछि घरघरमा यो अभियान सञ्चालन हुने भएकाले अभियानीलाई आवश्यक डकुमेन्ट उपलब्ध गराएर सहयोग गरिदिनका लागि वडाध्यक्ष यादवले आग्रह गरेका छन्।