भारतले नेपाललगायत ७ देशमा १० लाख टन गैर-बासमती चामल निर्यात गर्दै

भारतले नेपाललगायत ७ देशमा १० लाख टन गैर-बासमती चामल निर्यात गर्दै
फाइल तस्बिर।
सुन्नुहोस्

‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई  निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नयाँ दिल्ली :  भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ।  

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो।
 

‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई  निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.