महोत्तरीको सोनामाइ मन्दिरमा भूतमेला सुरू
औरही (महोत्तरी) : महोत्तरीको औरहीस्थित सोनामाइ मन्दिरमा भुतमेला लागेको छ । दसैंको सष्ठी तिथिदेखि दशमीसम्म भुत प्रेतआत्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् ।
भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को अहिले मन्दिर परिसरमा लागेको छ । श्रद्धालुको सुविधालाई ध्यानमा राखि आवास,खानपानको समेत व्यवस्था गरिएको मेला समितिले जनाएको छ । मन्दिर परिसरलाई दुल्हीझैं श्रृंगारिएको छ भने मनोरञ्जनकाा लागि नाच तमासाको समेत बन्दोबस्त गरिएको छ ।
हुन त जादुटुनामुना (तन्त्रसिद्धी) तथा भूतबोक्सीमा विश्वास गर्नेहरुले यस मन्दिरमा दसैंको पहिलोदिन घटस्थापनादेखि नै पूजापाठमा तत्लिन हुन्छन् । तान्त्रिक मान्यताअनुसार,घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परिक्षण गर्ने महापर्वको रुपमा लिने गरिन्छ। यसमा विश्वास गर्ने (कारनी) हरूको बर्सेनि सोनामाइ मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।
कारनी र तिनका आफन्तहरु सोनामाइको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछ । सोनामाइस्थानको ८ वर्ग किलोमिटर सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने मन्दिरका पूजारी केदार झाको भनाइ छ। उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन् ।
सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ, जहाँ अदभूत मेला लाग्ने गर्छ । सोनामाइमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौंदेखि भारतका सीतामढी,मधुवनी र पटना सहरसम्मका हजारौं पीडित महिला र पुरुष आउने गर्छर्न।
सोनामाइ मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोकाको बली दिने गर्छन्।