संस्कृति जोगाउन सहरमा भित्रिदै सरायँ नाच

संस्कृति जोगाउन सहरमा भित्रिदै सरायँ नाच

बुटवल : पश्चिम नेपालमा दसैंका समयमा नाचिने सरायँ सहरमा समेत प्रदर्शन हुन थालेको छ। सराय नाच दसैंका समयमा नाचिने महत्वपूर्ण सांस्कृतिक परम्परा हो। विजयोत्सवका अवसरमा सराय नाच नाचिने परम्परा चली आएको छ।

लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, दाङ तथा गण्डकी प्रदेशको बाग्लुङ लगायतका जिल्लामा सराय नाच नाचिन्छ। संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार राजपूतानाको विजययात्राको तयारीमा गरिने युद्ध अभ्यास र युद्धकलाको संस्कृतिको विकसित रूप नै ‘ऐतिहासिक सरायँ’ हो, जुन सेनहरूले पाल्पा राज्यमा भित्र्याएका थिए। 

ऐतिहासिक सरायँलाई स्थानीय बोलीचालीमा ‘वाख्खै’ पनि भनिन्छ। सरायँ शब्दको ठ्याक्कै शाब्दिक अर्थ भने नभेटिएको उनी बताउँछन्। पाल्पा गुल्मेलीमा ‘दसैं ताका कोटको प्राङ्गणमा हतियार समाएर खेल्दै ‘वाख्खै’, ‘ह्वा’ भन्दै उफ्रने जोशिलो नृत्य’ लाई पनि सरायँ भन्ने गरिन्छ।

पहाडी क्षेत्रका मानिसहरू बसाई सर्दै गएपछि रुपन्देही तथा कपिलवस्तुमा पनि सराय नाँच हुन थालेको हो। निजी क्षेत्रले पनि सरायँ नाचलाई प्रदर्शन गर्न थालेका छन्। बुटवलको जोगिकुटीमा रहेको होटल पौवाले यो वर्षको कार्तिक १७ गते सरायँ नाच प्रदर्शन गर्ने तयारी गरेको छ। 

होटलका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले संस्कृतिको जर्गेनाका लागि गुल्मीबाट बाजागाजासहतिको टोली ल्याई सराय नाच गर्न लागिएको बताए। स्थानीय संस्कृति र परिकारको प्रवर्द्धनमा पौवाले काम गरिरहेको उनले बताए।

बुटवलमा दसै‌को दोस्रो दिन जितगढीमा सराय नाच हुने गरेको छ। त्यस्तै कोजाग्रत पूर्णिमाको अर्को दिन बुटवलको देवीनगरमा सरायँ नाच हुँदै आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.