यो मौसमै रमाइलो

यो मौसमै रमाइलो
दसैंको समयमा पोखराको नागडाँडामा पिङमा रमाउँदै । तस्बरि : कृष्णमणि बराल।
सुन्नुहोस्

पोखरा : दसैं यतिबेला घर आँगनमा आइसकेको छ। दसैंका लागि नयाँ लत्ता, कपडा किन्नेदेखि खाद्यान्नको जोहो गर्ने अहिले चटारो छ। घर लिपपोत, रंगरोगन, घर गाउँ सरसफाइ भइरहेको छ। सहरमा रहेकाहरू दसैं मनाउन गाउँ फर्कंदै छन्। 

दसैं सुरु भएसँगै पोखराका शक्तिपीठहरूमा भक्तजनको घुइँचो बढ्न थालेको छ। पोखराको विन्ध्यवासिनी, फेवातालको बीचमा रहेको तालबाराही, भद्रकालीलगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लाग्न थालेको छ। 

असोज, कात्तिक महिना मौसमका हिसाबले पनि निकै आकर्षक महिना हुन्। धान, कोदो झुलेर फाँटहरू पहेँलपुर हुँदा निकै सुन्दर देखिन्छ। हिमाल, ताल तथा खोलाको सुन्दरताको छुट्टै छ। यतिबेला वर्षा रोकिएर हिमालबाट बादल हटेको छ। हिमाल हाँसेको छ।  

बाक्लो हिउँसहितको अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरीलगायतका हिमालको दृश्यले यतिबेला पोखरा सुन्दर देखिएको छ। हिमाललाई पृष्ठभूमिमा राखेर झुलेको पोखरेली जेठोबुढो धानको सुन्दरता, कोदो, बन्दा काउलीको हरियाली मनमोहक छ। पर्यटकहरू यति नै बेला अन्नपूर्ण पदयात्राका लागि आउँछन्। दसैंमा खेलिने लठ्ठे पिङ, रोटेपिङ उत्तिकै आकर्षक छन्। 

कुनै दसैंमा पानी पर्दा ‘हिले दसैं’ भनिन्छ। तर, यस वर्ष अहिलेसम्म मौसम खुलेर नीलो आकास तथा हरियाली वातावरणले सुन्दरता थपेको छ। देशमा आर्थिक मन्दीका कारण भने मानिसमा खर्च कम गर्नु पर्ने बाध्यता छ। महँगी बढेकोले दसैं कम खर्चमा मनाउनु पर्ने बाध्यता पनि छ। 

प्रत्येक वर्ष महँगी बढ्दै जाँदा दसैंमा हिमालबाट ल्याइएका च्यांग्रा, भेडा किनेर खानै नसक्ने अवस्था आएको हिरामाया गुरुङ बताउँछिन्। एउटै च्यांग्राको ५० हजार, भेडाको ४० हजार पर्ने भएकोले वर्षमा एकपटक हिमालमा जडीबुटी खाएका च्यांग्रा, भेडा लगौं भन्दा पनि नसकिने अवस्था आएको उनले सुनाइन्। 

नेपालीको ठूलो पर्व दसैंमा उल्लास, उमंग जति हुन पर्ने हो देशमै रोजगारीको अवसर, औधौगिक विकास, कृषि भूमिको वर्गिकरण गरी हजारांै विघाहा जमिनमा आधुनिक कृषि प्रणालीअनुसार खेती गर्ने वातावरण नबन्दा युवा विदेश पलायन भएका छन्। गाउँ युवाविहीन भएका छन्। तैपनि विगत वर्ष झैं सुन्दर मौसम, हरियाली वातावरणले दसैंलाई स्वागत गरे झैं गरी बाक्लो हिउँसहित हिमाल सेताम्मे टल्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.