५ दिनमा २२ लाखको खसीबोका बिक्री

५ दिनमा २२ लाखको खसीबोका बिक्री
सुन्नुहोस्

बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले दसैं सुरु भएको ५ दिनमा खसीबोका बिक्रीबाट २२ लाख रुपैयाँ आम्दानी गरेका छन्। 

तंग्रामको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसानहरूले पाँच दिनमा खसीबोका बिक्रीबाट उक्त आम्दानी गर्न सफल भएका हुन्। सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले ३९ वटा र वसन्त सामाजिक उद्यमी महिला सहकारीले १ सय वटा खसीबोका बिक्री गरेको बताए।

सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष थमकुमारी श्रीसले घटस्थापनादेखि आज (शुक्रबार)सम्म ३९ वटा खसीबोका बिक्री गरिएको बताइन्। उनले उक्त बिक्रीबाट गाउँमा ६ लाख रुपैयाँ भित्र्याएको बताइन्। 

सहकारीले यस वर्षको दसैंमा ६० वटा खसी बोका बिक्री गर्ने लक्ष्य लिइएको र अझै २०/२१ वटा बिक्री गरिने प्रबन्धक मनकुमारी पुनले बताइन्। 

‘हामीले यस वर्षको बडा दसैंमा ५९-६० वटा खसी बोका बिक्रीका लागि बजार पठाउने लक्ष्य लिएका थियौं,’ उनले भनिन्, ‘घटस्थापनादेखि शुक्रबार (पाँचौं दिन)सम्म ३९ वटा बिक्री गरिसकेका छौं। बाँकी रहेका २०/२१ वटा बिक्रीका लागि बजार पठाउने तयारीमा छौं।’

यस्तै वसन्त सामाजिक उद्यमी महिला सहकारीले भने घटस्थापनादेखि शुक्रबारसम्म १ सय ओटा खसीबोका बिक्री गरिसकेको छ। सहकारीका प्रबन्धक हेमा विकले पाँच दिनमा एक सय वटा खसीबोका बिक्री गरिएको र १६ लााख बराबरको रकम गाउँमा भित्र्याएको बताइन्। ‘बडादसैंमा मासुको खपतलाई पूर्ति गर्न सहकारीबाट एक सय १० वटा जति खसीबोका बजार पठाउने र १८ लाख रुपैयाँ गाउँमा भित्र्याउने लक्ष्य लिएका थियौं,’ प्रबन्धक विकले भनिन्, ‘लक्ष्य अनुसार नै पाचौं दिनसम्म एक सय वटा खसीबोका बिक्रीबाट १६ लाख बराबरको आम्दानी गरेका छौं। बाँकी लक्ष्य चाडै पुरा हुने देखिन्छ।’

सहकारीहरूले चाडपर्वमा हुने मासुको खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आबद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण गर्दै आएका छन्। ‘सेयर सदस्यसँग खसीबोका संकलन गरेर बजार पठाउछौं,’ प्रबन्धक विकले भनिन्, ‘सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन।’ कृषकले पालेका खसीबोका सहकारीको मध्यस्ततामा बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन्। ‘हामीलाई बजारको चिन्ता छैन,’ कृषक यमकुमारी पुनले भनिन्, ‘जति भए पनि सहकारीले बिक्री गरिदिन्छ।’ हिमाली च्याङग्राको मुल्य आकासिए पछि स्थानीय उत्पादनको बजार माग बढी रहेको प्रबन्धक विकको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.