इजरायल-गाजा युद्ध : २२ पत्रकारको मृत्यु, कैयौं बेपत्ता
पत्रकार सुरक्षा समितिका अनुसार अक्टोबर ७ मा इजरायल-हमासको संघर्ष सुरु भएयतादेखि हालसम्म २२ जना पत्रकारको मृत्यु भइसकेको छ।
समितिले एक विज्ञप्तिमा यो युद्धमा हालसम्म १८ प्यालेस्टिनी पत्रकार, तीन इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ।
सीपीजे (पत्रकार सुरक्षा समिति) ले तीमध्ये १५ जनाको मृत्यु इजरायली हवाई आक्रमणमा भएको र दुई पत्रकार हमासको आक्रमणमा मारिएको बताएको छ । सीपीजेका अनुसार आठजना पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता छन् ।
सीपीजेका प्रवक्ताले भने, 'पत्रकारहरू पनि संकटको समयमा कठिन काम गर्ने नागरिक हुन् र युद्धका पक्षहरूले उनीहरूलाई लक्षित गर्नु हुँदैन।'
इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। हमासको स्वास्थ्य विभागका अनुसार बम विष्फोटमा हालसम्म चार हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा १४०० भन्दा बढीको मृत्यु भएको छ । बीबीसी