काठमाडौं : दसैंमा टाढाटाढाबाट नातागोता आउँथे। खुब रमाइलो हुन्थ्यो। खसी काट्ने, नयाँ लुगा पाउने हुँदा केटाकेटी फुरुङ्गै हुन्थे। अहिले जस्तो बजारनजिक हुँदैनथ्यो। बजार टाढा हुन्थ्यो। दसैंकै बेला किनमेल गर्नुपथ्र्यो। किनमेल गर्न टाढा टाढाका बजार जानु पथ्र्यो। महिलाहरू सेल रोटी, फिनी लगायतका परिकार बनाउन व्यस्त हुन्थे। पुरुषहरू खसी वा मासुको जोरजाममा केन्द्रित हुन्थे। त्यति बेला दसैंसाह्रै रमाइलो हुन्थ्यो। गाउँ–गाउँ पिङहरू हालिएका हुन्थे। पिङ खेल्ने ठाउँमा मानिसको भीड नै हुन्थ्यो।
नीलाम्बर आचार्य, ८१ वर्ष,पूर्वकानुनमन्त्री एवं पूर्वराजदूत