निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता
इस्लामावाद : निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका छन्।
सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा छन्।
स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १:३० बजे राजधानी इस्लामाबाद टेकेका हुन्।
'हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौं,' आफ्नो उडान भर्नुअघि पत्रकारहरूसँग भने, 'जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ। हामी यस्तो अवस्थामा कसरी आयौं, यो किन आयो?'
विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ। गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो।