मुस्ताङमा पनि भित्र्याइयो फूलपाती

मुस्ताङमा पनि भित्र्याइयो फूलपाती
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा पनि शनिबार धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ। नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ-आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका हुन्।

मुस्ताङको जोमसोमस्थित नारायण दल गणबाट नेपाली सेनाले घटस्थापनामा  राखिएका फूलपातीलाई बाजागाजासहित जोमसोमको गणेश मन्दिरमा पुर्‍याएको थियो। यसैगरी जोमसोमस्थित सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म र जिल्ला प्रहरी कार्यालयले बाजागाजासहित आ-आफ्नो फूलपाती गणेश मन्दिर पुर्‍याएका थिए।

यसरी लगिएको फूलपाती गणेश मन्दिर पुर्‍याएपछि ३ वटै सुरक्षा निकायका पुरोहितले पूजाआजा गरेका थिए। फूलपातीको हिन्दु धार्मिक परम्परा अनुसार पुरोहितले पूजापाठ गरेपछि नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भगवती सलामी अर्पण गरेका थिए। फूलपाती भित्र्याउने कार्यक्रममा प्रशासन र सुरक्षा निकायका प्रमुख सहितको उपस्थिति रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित दीपकराज पौडेलले फूलपाती भित्र्याउने कार्यक्रमले दसैं पर्व विधिवत सुरु भएको सन्देश प्रवाह गर्ने उल्लेख गरे। उनका अनुसार नवरात्र अवधिभर नवदुर्गा भवानीको नियमित पूजाआजा हुने नवपत्र अर्थात नौ प्रकारका वस्तु मिश्रण गरिएको फूलपाती नजिकैको शक्ति पीठमा पूजाआजा गरेपछि पुनः आआफ्नो स्थानमा भित्र्याउने प्रचलन रहेको छ। 

मुस्ताङमा सेना,सशस्त्र र प्रहरीले आ-आफ्नो दुर्गा मन्दिरमा फूलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित पौडेलको भनाइ छ। फूलपातीमा धान,हलेदोको पात,उखुको पात,बेलपत्र, केराको पात,अदुवा,कुभिन्डो केराल आदी  नौ प्रकारको वस्तु समावेश गरिएको हुन्छ। नवरात्र सुरु भएदेखि घटना स्थापनाको दिनसम्म नियमित आ-आफ्नो स्थानको दुर्गा मन्दिरमा फूलपातीको नियमित पूजाआजा गरिने पुरोहित पौडेलले बताए। 

यसरी नवरात्रको आठौं दिन कालरात्रीको पुजा हुने र कालरात्रीमा कालो बोको बली दिने चलन छ। यस्तै, नवमीमा नवमी पूजा हुने र दसैं पर्वको दिन देवीलाई विसर्जन गरिने उनले बताए।

मुस्ताङको जोमसोममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाजागाजासहित फूलपाती भित्र्याउने कार्यक्रमलाई जोमसोमका स्थानीय नागरिक र पर्यटकले निकै उत्सुकतापूर्वक अवलोकन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.