डोल्पाको त्रिपुरासुन्दरीमा धार्मिक तथा पर्यटन महोत्सव हुँदै

डोल्पाको त्रिपुरासुन्दरीमा धार्मिक तथा पर्यटन महोत्सव हुँदै
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ। नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव तथा तेस्रो मेयर कप कात्तिक १२ देखि २२ गतेसम्म सञ्चालन गर्न लागिएको हो। 

आइतबार मुल समारोह समितिले त्रिपुराकोट बजारमा रहेको सुप्रभा गेष्ट हाउसमा गरेको पत्रकार सम्मेलनमार्फत महोत्सवका बारेमा जानकारी गराइएको हो।

महोत्सवको मुल उद्देश्य प्रशिद्ध शक्तिपिठ वाला त्रिपुरासुन्दरी मन्दिरको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रचारप्रसार रहेको मुल समारोह समितिका संयोजक रन्जित बुढाले बताए। त्यसैगरी स्थानीय उत्पादनको बजारीकरण,व्यापार व्यवसाय प्रवर्द्धन लगायतको उद्देश्य राखिएको उनको भनाइ छ।

नगरपालिकाले महोत्वका लागि २० लाख बजेट अनुमान गरे पनि लागत अनुमान अझै थप हुन सक्ने समारोह समितिका सदस्य सचिव हिराचन्द्र धरालाले बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति दिने धरालाको भनाइ छ। त्यति मात्र नभई महोत्सवमा ३ लाख राशीको खुला भलिबल प्रतियोगिता पनि गराइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

डोल्पामा २०६५ साल यता दोस्रो पटक बृहत् धार्मिक,सांस्कृतिक तथा पर्यटन महोत्सव हुन लागेको हो। स्थानीय तहको आयोजनामा हुन लागेको पहिलो महोत्सव पनि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.