जनकपुरको राजदेवी मन्दिरमा महिला प्रवेश निषेध

जनकपुरको राजदेवी मन्दिरमा महिला प्रवेश निषेध
सुन्नुहोस्

महोत्तरी : जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरभित्र महिलाहरूलाई प्रवेशमा रोक लगाइएको छ। मधेस प्रदेशको राजधानीको जनकपुरधामको बीचमा रहेको सो मन्दिरमा यसवर्ष पनि दसैंको अवसरमा पूजापाठ गर्नका लागि रोक लगाइएको हो।

राम मन्दिरको उत्तरपट्टी अवस्थित यो मन्दिर राजर्षि जनककी कुलदेवीको मन्दिरका रुपमा चिनिन्छ। बडादसैंको घटस्थापनादेखि नवमीतिथीसम्म महिलालाई दर्शन तथा पूजापाठमा रोक लगाउने परम्परा यथावत नै छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ। जुन झ्यालबाट उनीहरू पूजाअर्चना गरेर फर्किने गर्दछन्।

हुन त त्यस मन्दिरमा महिलालाई प्रवेश गर्नमा रोक लगाइए तापनि मन्दिर परिसरमा भने प्रायः महिलाहरूकै बढी भीड हुने गरेको छ। उनीहरू घण्टौँ पंक्तिमा उभेर भएपनि राजदेवी मन्दिरको बन्द झ्याललाई छोएर नै पूजाअर्चना तथा भाकल गर्ने गर्दछन्। धार्मिक आस्थाले गर्दा महिलाहरू परम्परालाई यथावत राखेपनि मन्दिर भित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज उठाउन थालेका छन्।

त्रेतायुगमा राजा जनकको कुलदेवीका रूपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको भनि अझै पनि विश्वास रहेको राम मन्दिरका पुजारी राम गिरी बताउँछन्। त्यसैले राजदेवी मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको उनको भनाई छ।

राम मन्दिर पुजारी गिरीले भने, 'रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ। तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई राजदेवी मन्दिरभित्र माताको प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो।'

यता, महिला अधिकारकर्मीहरूले भने महिलालाई राजदेवी माताको मन्दिर भित्र सहज प्रवेशमा रोक लगाउनुलाई गलत रहेको टिप्पणी गर्दै आएका छन्। अधिवक्ता रेखा झाले राजदेवी माता पनि महिला हुन् र महिलालाई राजदेवी माताको दर्शन गर्न र छोएर पूजाआजा गर्न दिनुपर्ने माग गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.