भारत सरकारको सहयोगमा इजरायलबाट थप दुई जना नेपाली स्वदेश फर्किँदै

भारत सरकारको सहयोगमा इजरायलबाट थप दुई जना नेपाली स्वदेश फर्किँदै
सुन्नुहोस्

काठमाडौं : इजरायलबाट थप दुई जना नेपाली भारत हुँदै स्वदेश फर्किने भएका छन्। भारत सरकारको 'अपरेशन अजय' अभियानमार्फत् दुई जना नेपाली नयाँ दिल्ली हुँदै नेपाल आउने भएका हुन्। 

भारतीय विदेशमन्त्री एस जयशंकरले आइतबार इजरायलबाट दुई नेपालीसहित १४३ जनाको उद्धार गरी स्वदेश फर्काइएको जानकारी दिएको छ। यसअघि भारत सरकारकै सहयोगमा १८ जना नेपाली नयाँ दिल्ली हुँदै नेपाल फर्किएका थिए।

इजरायलमा युद्ध चर्किएपछि नेपाल सरकारले यसअघि नै घाइते भएका एक जनासहित २५४ जनाको उद्धार गरी नेपाल ल्याएको थियो। हमासको आक्रमणमा परी इजरायलमा दस जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। मृतकमध्ये चार जनाको शव आइतबार काठमाडौं हुँदै धनगढी पुर्‍याइएको थियो। शवहरू आजै आफन्तलाई बुझाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.