दसैंसँगै गाउँघरमा चहलपहल बढ्यो

दसैंसँगै गाउँघरमा चहलपहल बढ्यो
सुन्नुहोस्

टीकापुर : टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैं मनाउन घर फर्किएका छन्। भारतमा रहेका उनीहरू घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन। 'अहिलेसम्मकै रमाइलो दसैं भएको छ। यस वर्ष म निकै खुशी छु', उनले भने, 'बालबच्चासहित भारतमा बस्ने छोरा घर फर्किएको छ। यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ।'

टीकापुर ब्लक नम्बर १६ का  नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमाइलो लाग्छ। 'दसै विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ', उनले भने, 'पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ।'

कैलालीकी राजकुमारी चौधरीलाई दसै विशेष लाग्छ। उनलाई दसैंमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ। 'थारु गाउँमा दसैंको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ', उनले भनिन्, 'त्यसैले दसैं विशेष लाग्छ।'

    
स्थानीय केशर उपाध्यायलाई पनि दसैं विशेष लाग्छ। 'दसैंसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ', उनी भन्छन्, 'वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दसैंमा हो।' दसैंमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दसैं रमाइलो लाग्छ। लक्ष्य साउँदलाई पनि दसैं आर्शीवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ। उनलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन। 

ठूला मानिस भन्दा बालबालिकालाई दसैंमा अझ रमाइलो लाग्छ। दसैंमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन्। कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दसैंमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ। 'यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ', उनी भन्छन्, 'एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य तनाव हुन्छ। त्यसबाहेकको सबै समय रमाइलो लाग्छ।'

दसैं मनाउन नमिल्ने परिवारलाई भने दसैंले खासै उत्साह दिँदैन। अन्यले दसैं मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ। टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दसैं छैन तर पनि उनी गाउँघर झिलिमिली भएको देखेर रमाएका छन्। 'हरेक पर्वको महत्व उत्तिकै हुन्छ। दसैं अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ',  उनले भने, 'सबैको दसैं नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.