थर्पूको निशानलाई पहिलो पटक सेनाको सलामी

थर्पूको निशानलाई पहिलो पटक सेनाको सलामी
सुन्नुहोस्

फिदिम : पाँचथरको याङवरक गाउँपालिका-४ थर्पूमा रहेको निशानलाई नेपाली सेनाले पहिलो पटक सलामी अर्पण गरेको छ। थर्पूको  कालिका मन्दिर परिसरमा महानवमीको दिन सेनाको रणशेर गणले सम्मानसहित सलामी अर्पण गरेको हो। 

२४९ वर्षमा पहिलोपटक यहाँको निशानलाई सेनाले सलामी अर्पण गरेको वडाध्यक्ष सबिन मावोले जानकारी दिए। ‘यहाँ दुईवटा निशान छन्,’ मावोले भने' ‘अहिलेसम्म निशानलाई सेनाले सलामी अर्पण गरेको थिएन। यो पहिलो पटक हो।’ यहाँ १८३१ सालदेखि  निशान प्रदर्शन गरिँदै आएका छ। यहाँ श्रीजंगी निशान र श्रीकम्फू निशान प्रदर्शन गरिन्छ।

कालिका मन्दिर परिसरमा आयोजना गरिएको निशान जात्रामा यो पटक करिब १५ हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन्। निशान जात्रामा पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, भारतको सिक्किम र दार्जिलिङबाट दर्शनार्थीको भीड लागेको हो। निशान जात्राका अवसरमा यहाँको काली मन्दिरमा ठूलो संख्यामा बोका र राँगाको बली दिइन्छ। निशानको पूजा र दर्शन गर्दा मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ।

नेपाल राज्य एकीकरणका क्रममा लिम्बुवानका सेना र शाह वंशीय सेनाबीच ६ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरूप छोडेका २ वटा निशानसहित तत्कालीन युद्धमा प्रयोग भएका हातहतियार शाही सेनाले छाडेर गएका थिए। त्यही हातहतियार तथा निशानलाई दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ। 

सलामी अर्पणका क्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौंका संख्यामा सर्वसाधारण भएका हुन्। 
पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकीकरणका समयमा युद्धा हुँदा प्रयोग भएका निशान र पुरातात्विक हतियार र निशान प्रदर्शन गर्दै विशेष ढंगले प्रश्तुत गरिने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ। 

निशानलाई वर्षको ३ सय ६४ दिन सुब्बाहरूको घरमा राखिन्छ। उक्त निशानलाई महानवमीका दिन प्रदर्शन गर्ने चलन छ। अब भने निशानलाई संग्रहालय बनाएर एकीकृत गर्ने तयारी थालिएको मावोले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.