एलिनाले जब स्टेजबाटै प्रेममा धोकापछिको अनुभव सुनाइन्...

एलिनाले जब स्टेजबाटै प्रेममा धोकापछिको अनुभव सुनाइन्...
गीत गाउँदै एलिना चौहान । तस्बिर :  भीमकुमार बाँस्कोटा
सुन्नुहोस्

फिदिम : पछिल्लो समयमा सांगीतिक क्षेत्रको चम्किलो ताराको रुपमा उदाएकी एलिना चौहान प्रेम र बिछोडका गीतहरु गाएर चर्चाको शिखरमा छिन् । उनले गाएका बियोगान्त गीतहरुलाई युवा पुस्ताले औधी रुचाएका छन् । 

सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक पाँचथरको जेभाले आएकी एलिनाले गीत गाउँदै दर्शकहरुलाई प्रेमको पाठ समेत पढाउन भ्याइन् । झमक्क साँझ परेपछि स्टेज उक्लिएकी एलिनालाई हजारौँ दर्शकहरुले हुटिङ र तालिको पर्राले साथ दिए । 

स्टेजमा एलिनाको आगमनसँगै जेभालेको चिसो मौसम गर्माउन थालेको थियो । प्रस्तुतिको सुरुवातमै एलिनाले भनिन्, ‘मेरा गीतहरु प्रेम प्रस्ताव राख्दादेखि धोका खाएसम्मका छन् । सबै गीतहरु तपाईंहरुलाई सुनाउँछु ।’ 

एलिनाले प्रेमदेखि बिछोडसम्मका सबै गीतहरु गाउँछु भनेपछि दर्शकहरुले जमिन थर्कनेगरी हुटिङ गरे । उनले प्रपोज हान्दा, लभ पर्दा, धोका दिँदा र त्यसपछिका घटनाक्रमसँग तुलना गर्दै आधा दर्जन गीत गाइन् । 

उनले के माया लाग्छ र ?, तिम्रो मायाले बाँधेर राख, ए है तिम्रै माया लाग्छ बरीलै, यो भाग्यमा खोट छ, धोकेबाज हौ तिमी, तुङ्नाको धुनमा, मिनरल वाटर लगायतका गीतहरु गाएर दर्शकहरुलाई झुमाइन् । स्टेजमा रहेका अतिथिहरु पनि एलिनाको प्रस्तुतिसँगै झुमेका थिए । 

दशमी मेला २०८० को अवसरमा फिदिम नगरपालिका- १३ जेभालेस्थित पञ्मीभञ्ज्याङमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.