रुकुम पुगे प्रधानमन्त्री दाहाल

रुकुम पुगे प्रधानमन्त्री दाहाल
सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहाल। तस्बिर : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पुगेका छन्। बिहीबार दिउँसो हेलिकोप्टरबाट रुकुम पुगेका प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री दाहालले 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तरगत माओवादी केन्द्र रुकुम पश्चिम बाफिकोट गाउँपालिका ६ र ७ को विस्तारित बैठकमा सहभागी भएका थिए।

सहिद परिवार,घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  त्यहाँ प्रधानमन्त्रीले सहिद परिवारका वृद्ध आमाको हातबाट आशिर्वाद लिएका थिए।

प्रधानमन्त्री  दाहालसँग माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि रुकुम पुगेका छन् ।

प्रधानमन्त्री दाहाल आजै काठमाडौं फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.