के चित्त नबुझेर साथीहरूले पार्टी फुटाउनुभयो, तर माओवादी घटकहरूबीच एकता आवश्यक छ : प्रधानमन्त्री दाहाल

के चित्त नबुझेर साथीहरूले पार्टी फुटाउनुभयो, तर माओवादी घटकहरूबीच एकता आवश्यक छ : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

रुकुम : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताएका छन्।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बीच एकता आवश्यक रहेको बताए। 'हामी ठूलो पार्टीको रूपमा उदाएका थियौं। विडम्बना हामी सबै फरक-फरक बाटोतिर लाग्यौं। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो,' उनले भने।

केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ छ। 'हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो,' उनले भने। 

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष टिक्ने दाबी गरे। उनले भने, 'हामीले निकै बलियो सरकार बनाएका छौं। यो सरकार पाँच वर्ष नै रहन्छ। कोसी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो। अन्ततः कोसीमा पनि गठबन्धकै सरकार बन्छ।'

सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनले आरोप लगाए। सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए। 'हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौं। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.