कतारमा आठ भारतीयलाई मृत्युदण्डको सजाय, भारत स्तब्ध

कतारमा आठ भारतीयलाई मृत्युदण्डको सजाय, भारत स्तब्ध
फाइल तस्बिर
सुन्नुहोस्

नयाँ दिल्ली : कतारले आफ्ना आठ नागरिकलाई मृत्यु दण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ। समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौ सैनिक अधिकारी छन्।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा 'नयाँ दिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने' र बन्दीहरूलाई 'सबै कन्सुलर र कानुनी सहयोग विस्तार' जारी राख्ने बताएको छ। 

'कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौं।'

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेवसाइटमा उल्लेख छ। कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन। 'यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन। मन्त्रालयले सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ।

केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्व नौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेका छन्। उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो। 

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’मा गिरफ्तार गरिएको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.