दसैं बिदामा आन्तरिक पर्यटकको रोजाई मुस्ताङ

दसैं बिदामा आन्तरिक पर्यटकको रोजाई मुस्ताङ
सुन्नुहोस्

जोमसोम : आन्तरिक तथा बाह्र पर्यटकको आर्कषक पर्यटकीय गन्तब्य बन्दै गईरहेको हिमाली जिल्ला मुस्ताङ ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक, सामाजिक, भौलिक रहनसहनका साथै जैविक विविधताले निकै प्रख्यातख छ ।

समुन्द्री सतहको २५ सय देखि ५ हजार मिटरको अग्लो उचाईमा अवस्थित हिमालपारिको जिल्ला मुस्ताङको  पृथक भूगोल,मनोरम हिमऋखंला र कालिकागण्डकी नदी को लोभलाग्दो दृष्यावलोकनले मुस्ताङ घुम्ने जोकोही पर्यटक मख्ख नहुने त कुरै भएन।
पछिल्लो समय १६ वटा हिमाली जिल्लाहरु मध्ये मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले चर्चित छ।

धार्मिक स्थल मुक्तिनाथ मन्दिर,कोरलानाका,श्राद्धस्थल कागबेनी, छोसेर गुफा,लोमान्थाङ दरबार,लोघेकर गुम्बा,लुरी गुम्बा,ढुम्बाताल,सेकुङ ताल र टिटी ताल जस्ता पर्यटकीय गन्तब्य मुस्ताङमै अवस्थित रहेकाले मुस्ताङ जिल्ला पर्यटकीय हबको रुपमा विकास हुँदै जान थालेको हो ।यहाँबाट देखिने निलगिरी हिमाल र धौलागिरी हिमालको मनमोहक प्राकृतिक सौन्दर्यता नियालेर मुस्ताङ आई पुगेका पर्यटक  मन्त्रमुग्ध हुन्छन्।

देश आर्थिक मन्दीको अवस्थामा देखिएपनि मुस्ताङ भ्रमण गर्ने पर्यटकको सख्यामा कुनै कमी आएको छैन । यसवर्षको बडा दशैं अघिको सोह्र श्राद्धमा आन्तरिक भक्तजनहरु मुस्ताङ आएको भएपनि दसैं पर्वको नवरात्र सुरु भएपछि पर्यटकको चाँप ह्वात्तै घटेको थियो। दसैं पर्वको टिका सकिएलगत्तै फेरी स्वदेशी पर्यटकको आगमनले मुस्ताङ गुल्जार बनेको छ । दसैं पर्वको समयमा विदेशमा बस्ने नेपालीहरु घर फर्किने गर्छन् ।

सरकारी तथा गैरसरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था,स्कुल कलेजहरु दसैं पर्वमा लामो बिदा हुँने भएकाले मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लागेको हो । दशैं पर्वमा आफन्त, ईष्टमित्र,साथीभाई रमाईलो गर्ने,दसैं टिका लगाउने, स्वादिष्ट खानेकुरा बनाएर खाने  अनि नयाँ नयाँ ठाउहरुको भ्रमण गर्ने आदी गरिन्छ । पछिल्लो समय स्वदेशी पर्यटकहरु फुर्सदिलो समयमा नेपालका पर्यटकीय गन्तब्य घुम्न रुचाउँछन् । यसैको कारण पनि मुस्ताङमा पर्यटकको संख्या बढेको बताईएको छ ।

 दसैं पर्वमा केही सुस्ताएको मुस्ताङको पर्यटन पून चलायमान भईरहेको झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिए । दसैं बिदाको मेलो पारेर घुम्न आएका पर्यटक सवारी सवारी साधनले रानीपौवा बसपार्क भरिभराउ भएको उनले बताए । लगातार ३ वर्षसम्म कोभिड माहामारीले आक्रान्त बनेका मुस्ताङका पर्यटन व्यवसायीहरु अकल्पनीय रुपमा पर्यटकको घुईचो बढेपछि निकै उत्साहित बनेको स्वास्थ्य चौकीका ईञ्चार्ज अधिकारीको भनाई छ । उनले मुस्ताङमा जाडो बढिसकेको र पर्वतीय उचाईमा आउने पर्यटकले आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरे ।

 अहिले दसैं बिदामा मुस्ताङ भ्रमण गर्न आएका पर्यटकले यहाँका होटल तथा रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । मुस्ताङको घाँसा देखि कोरलानाकासम्मका होटलहरु पर्यटकले थेग्नै नसकिने गरी हाउसफुल भएका छन् । दशैं —तिहार पर्वको बेला मुस्ताङ भ्रमण गर्ने अनुकुल मौसम पनि हो ।  पर्यटक बढेपछि पर्यटनकर्मीलाई पाहुना उम्काउन भ्याई÷नभ्याई छ भने सडक पेटी तथा यहाँका कोशेली घरहरुमा मुस्ताङमा उत्पादित कृषि उत्पादनले पनि राम्रो बजार पाउँन थालेको छ । यहाँको स्याउ,ब्रान्डी,वाईन,जुस र ड्राई एप्पल खरिद गरेर पर्यटकले कोशेलीको रुपमा घरमा लैजाने गर्छन् ।


नेपालको भौगोलिक सुन्दरता र पृथक भूगोलको रुपमा परिचित मुस्ताङको वास्तविक तस्विरसंग प्रत्यक्ष साक्षात्कारकार गर्न आफुहरु दसैं बिदाको समयमा मुस्ताङ भ्रमण गर्न आएको काठमान्डौं निवासी अस्मिता प्रधानले जानकारी दिईन । उनले आफु विभिन्न देशहरुमा भ्रमण गरिसकेको भएपनि नेपालको जस्तो प्राकृतिक चिनारी अन्त कही नभएको दावी गरिन । आफ्नो परिवार र आफन्तजनसंगै पहिलो पटक मुस्ताङ आएकी प्रधानले आफुहरु ६ दिनको प्याकेज बनाएर आएको बताईन् । उनले मुस्ताङको सौन्दर्यता ज्यादै मनमोहक र सुन्दर रहेको उल्लेख गरिन् । 

उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत २०७४ सालदेखि कोरला सडक आयोजना सुरुभएपछि मुस्ताङ पहुँचमार्ग सडक सहज बन्दै जान थालेको हो । राष्ट्रिय गौरवको ( बेनी—जोमसोम—कोरला) सडक निर्माणधिन अवस्थामा छ । सडक मार्ग बर्सेनि सुधार हुँदै जान थालेपछि मुस्ताङमा पर्यटक भित्रिने क्रम बढेको हो । मुस्ताङको घाँसा देखि मार्फासम्म कालोपत्रे सडक विस्तार भईसकेको र त्यहाँबाट कोरला सडक ग्राभेल सडक विस्तार भएकाले पनि पर्यटकका लागि मुस्ताङ यात्रा निकै  सजिलो बनेको हो ।

हुम्ला घर भई काठमान्डौं बसोबास गर्दैआईरहेका स्वदेशी पर्यटक हिमाल महतराले आफुहरु काठमान्डौंबाट मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आईपुगेको बताए । दसैं पर्वको बिदाको समयमा कहाँ घुम्ने भन्ने विषयमा छलफल भएको र मुस्ताङ जिल्लाको चर्चा मिडियाहरुमा थाहा पाएकाले मुस्ताङ भ्रमण गर्ने योजना तय भएको सुनाए । चारैतीर नाङ्गा डाँडाकाँढा र हिमाल अनि कालिगण्डकी नदीको बखान जति गरेपनि नसकिने उनले अनुभुति बताए । पहिलो पटक साथीहरुसंगै आएका महतरा मुक्तिनाथ दर्शन गरी कोरलानाकासम्म पुग्ने कार्यतालिका रहेको जनाए । मुस्ताङ जिल्ला अन्य जिल्ला भन्दा पर्यटकीय हिसाबले विशिष्ट रहेको महतराको भनाई छ ।

 धार्मिक हिसाबले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धाम नेपालमा मात्र होईन अन्तराष्ट्रिय स्तरमै चर्चित त छदै छ, त्यस माथि उत्तरी कोरलानाका पनि आन्तरिक पर्यटकको प्रमुख पर्यटकीय गन्तब्य बनेको छ । विेशेषत भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको यो नाकालाई सरकारले उच्चप्राथमिकतामा राखेपछि कोरलानाकाको चर्चा झनै चुलिएको हो । विशेषत मुस्ताङ घुम्न आएका अधिकाँश आन्तरिक पर्यटकहरु  कोरलानाका पुगेर फर्किने गरेको पाईएको छ ।  मुस्ताङमा आउने पर्यटकहरु मध्ये दसैं-तिहार बिदामा विशेष गरी युवायवतीहरुको संख्या  अधिक रहेको बताईएको छ ।

यसवर्षको दसैं टिकापछि पर्यटकहरु मुस्ताङ आउने क्रम बढेको घाँसा प्रहरी चौकीले बताएको छ । चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लले दशैं टिकापछि दैनिक १२ सय भन्दा बढी सवारी साधन मुस्ताङ प्रवेश भईरहेको बताए । उनले मुस्ताङमा मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आउने पर्यटकको संख्या बढी रहेको जानकारी दिए ।
यसैगरी दशैं बिदापछि दैनिक ७ हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ दर्शन गर्ने गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । दसैं बिदामा मुक्तिनाथ दर्शन गर्न आएका अधिकाँश पर्यटक उपल्लो मुस्ताङ जाने गरेको उनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.