मूर्तियाका मूर्तिहरू

मूर्तियाका मूर्तिहरू

अधिकांश मन्दिरका भग्नावशेषमा पुरातत्तव विभागले चिह्न लगाएको छ। विभागले पनि झारा टार्ने मात्रै काम गरेको पाइन्छ।

मूर्तियामा अवस्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मूर्तिहरू संरक्षणको पर्खाइमा छन्। मन्दिरको भग्नावशेष मित्र र बाहिर रहेका देवीदेवताका कलात्मक मूर्तिहरू कर्णाटकालीन र बुद्धकालीन समयदेखिका हो कि धारणा प्रसिद्ध पुरातत्त्वविद् तारानन्द मिश्रको छ। उचित संरक्षण नभएकाले कतिपय मूर्तिहरू चोरी हुने गरेको र कतिपय खुला आकाशमुनि रहेकाले नष्ट हुने गरेको स्थानीयवासीको गुनासो छ। सर्लाहीको पूर्वपश्चिम राजमार्गबाट १४ किलोमिटर र पश्चिमतर्फ तत्कालीन मूर्तिया गाउँ विकास समितिमा र हाल बरहथवा नगरपालिकामा छ। अहिलेको नगरपालिकाले पनि यसको जीर्णोद्धारका लागि केही ठोस र महत्त्वपूर्ण काम गरेको पाइँदैन।

मूर्तिया क्षेत्रमा सदियौंदेखि घनाजंगलको अवस्थिति छ। २०१२ सालपछि त्यहाँ जंगल फडानी गरी आवादीको सुरुवात भयो। मुक्तेश्वरनाथ बाबाधाम सेवा समिति मूर्तिया–३ को तत्कालीन अध्यक्ष अमृतबहादुर खड्काका अनुसार बस्ती बस्ने कुमसँगै २०१७ सालमा मोहनसिंह नामका एक योगी गाई लिएर यहाँ आएको किंवदन्ती छ। उनलाई सपनामा कुनै अदृश्य शक्तिले हाल मूर्तिया भन्ने ठाउँमा अवस्थित पुरातात्त्विक अवशेष सहिमा एक दिएकोमा उत्खनन गरेर धर्म थुप्रै सम्पत्तिका साथै मूर्तिहरू फेला पर्नेछ भन्ने जानकारी दियो। सोहीअनुसार देखाइएको स्थानमा उन्खनन गर्दा भग्नावशेषभित्र मन्दिरको जगको बीचमा शिवलिंग भेटिएको थियो। त्यस उप्रान्त सो स्थानको वरिपरि थुप्रै मूर्ति एवं पुरातात्विक महत्त्वका मूर्तिहरू पाउने गरिएकाले त्यस ठाउँको नामकरण नै मूर्तिया हुन गएको स्थानीयवासीको भनाइ छ। अहिलेसम्म यहाँ विभिन्न प्रकारका ठूला मन्दिरको भग्नावेष फेला परिसकेको छ। मन्दिरमा पाइने गरिएको प्रायःजसो मूर्तिहरू १२औं शताब्दीतिरको रहेको पुरातत्त्वविद् मोहन खनालको रहेछ।

शिखर शैलीको यो मन्दिर आठ मिटर वर्गाकार क्षेत्रभित्र थुप्रो लागेको छ। वर्गाकार यस मन्दिरको निर्माण योजना एकदम मौलिक छ। यस मन्दिरको मुख्य प्रवेशद्वार पश्चिमाविमुख छ। प्रवेशद्वारसम्म सिँढीको व्यवस्था छ। सिँढी माथिको अन्तिम भाग अर्थात् मूलढोकाको दैलोका रूपमा विशाल एउटा प्रस्तर खण्ड छ। ४५६ सेन्टिमिटर लामो ४४ सेन्टिमिटर चौडा कलात्मक यो प्रस्तर खण्ड लगभग १० टनभन्दा माथिको रहेको पुरातत्त्वविद् मदन रिमालको भनाइ छ। अधिकांश मन्दिरका भग्नावशेषमा पुरातत्त्व विभागले चिह्न लगाएको छ। विभागले पनि झारा टार्ने काम गरेको पाइन्छ।

सम्प्रति मूर्तियामा कालो चिप्लो इँटामा कलात्मक तरिकाले कुदिएका उत्कृष्ट मूर्तिहरू आकाश भैरव, गौतम बुद्धको विभिन्न समयका चित्रअंकित मूर्ति, हात्तीले सिंहलाई पछारेको र कमलको फूलमा बसेर टाउकाको माथा लगाएकी देवीको मूर्तिहरू छन्। त्यस्तै कालो, चिल्लो एउटै इँटामा दायाँबायाँ सिंहले पहरा दिइरहेको बीचमा काल भैरवले नृत्य गरिरहेको, अप्सराहरू अर्धनग्न अवस्थामा नृत्य गरिरहेकी राधाले नृत्य गरिरहेकी र कृष्णले बाँसुरी बनाइरहेकालगायत उत्कृष्ट मूर्तिहरू पाइन्छन्। त्यहाँका उत्कृष्ट मूर्तिहरू अनेकौं पटक पुरातत्त्व विभागले उत्खनन र अनुसन्धान गरेको मन्दिरका पुजारीको भनाइ छ। कलात्मक इँटाले बनेको यो मन्दिर इस्पातको अंकुशे खिइएर भत्किएको हुन सक्ने अनुमान इतिहासविद् हरिकान्त दासको छ।

कतिपय व्यक्तिले मुस्लिम शासक गया सुद्दिन तुगलकले मिथिलामा आक्रमण गर्दा मन्दिर भत्काइएको हुन सक्ने अनुमान लगाउँछन्। हरिकान्त लाल दासको मत पनि यस तथ्यलाई समर्थन गर्छ। मन्दिरको भग्नावशेषबाहेक यत्रतत्र यस्तै पुरातात्त्विक महत्त्वका वस्तु फेला पर्ने गरेका कारणले यो स्थान निकै महत्त्वपूर्ण रहेको हुन सक्ने स्थानीयवासीको भनाइ छ। मन्दिर छेउछेउमा पाइने गरेको कतिपय पुरातात्त्विक महत्त्वका वस्तु चोरीसमेत हुने गरेको यिनीहरूको भनाइ थियो। केही मूर्तिमा त्यहाँ नियुक्त प्रमुख जिल्ला अधिकारीहरूको पनि यसमा संलग्नता देखिन्छ भने सुनिन्छ।

स्थानीयवासीले चोरी भएका ऐतिहासिक पुरातात्त्विक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण यी मूर्तिहरूको खोजी गरी फिर्ता गराउने पहल पुरातत्त्व विभागले गनुपर्ने माग गर्दै आएका छन्। मूर्तियामा अहिले वसन्त पञ्चमी तीज तथा शिवरात्रिलगायत पर्वहरूमा श्रद्धालुको घुइँचो लाग्ने गरेको र यसको उत्खनन र प्रचारप्रसारको आवश्यकता रहेको स्थानीयवासीको छ। यो स्थान यति महत्त्वपूर्ण ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिकोणले रहेको भएता पनि आज उपेक्षित रहेको छ।

मूर्तियाको ऐतिहासिक पृष्ठभूमि स्मरणयोग्य छ। यस्तै बजी महाजन पदमा गणराज्य सम्मिलित थिए, जसमा विदेह राज्य पनि पर्‍यो। जसको राजधानी मिथिला थियो। सत्यकेतु विद्यालंकारको पुस्तक ‘प्राचीन’ भारत प्रारम्भदेखि १२०६ ईस्वीसंवतअनुसार महात्मा बुद्धको समयमा १६ जनपदको उल्लेख पाइन्छ। ‘अंग, मगध, काशी, कोशल, वृजियाबजी, मल्ल, वत्स, चेदी, पञ्चाल, कुरु, मत्स्य, शूरसेन, अश्मक भिवन्ती, गान्धार र कम्बोज। बुद्धको समयमा मगधका राजा थिए। विंवसार जो शक्तिशाली र महत्त्वाकांक्षी थिए। उनको विवाह कोशल देशकी राजकुमारी कोशल देवीसँग भएको थियो। वज्जी महाजन पदमा आठ गणराज्य सम्मिलित थिए, जसमा विदेह राज्य पनि पथ्र्यो। जसको राजधानी मिथिला थियो। अजाद शत्रुको आक्रमणपछि बज्जीको राजधानी वैशालीबाट लिच्छवि नेपाल खाल्डो (काठमाडौं) पसेको भनिन्छ। उनका अनुसार, उत्तरी भारतमा उनका धर्मलिपिहरू नेपालको तराई, उत्तरी बिहार तथा देहरादून जिल्लामा स्तम्भहरू वा शिलाहरूमा उत्तीर्ण भेटिन्छ।

डा. केडी गौतमले आफ्नो पुस्तक ‘सात भारतका प्राचीन इतिहास’ द्वितीय संस्करण १९८१–८२ मा केही शिलालेखको चर्चा गर्दै अशोकको साम्राज्य उत्तरपश्चिम हिन्दुकुशसम्म, पूर्वमा बंगालसम्म, उत्तरमा हिमालयको तराई (नेपालको तराई) सम्म दक्षिणमा चित्तलदुग (अहिलेका चित्रदुर्ग) सम्म फैलिएको उल्लेख गरेका छन्। उनले पुस्तकमा नेपालको तराईमा रूपम्मनदेई (सर्वसाधारणले लुम्बिनी भन्न नजानेर अपभ्रंश गरी रूपम्मनदेई भन्न पुगेको पाइन्छ) वा निग्लिव ग्राम (निग्लिहवा) मा भेटिएको अशोक स्तम्भ अशोकको तीर्थ यात्राको क्रममा उल्लेख गरेका छन्। यसरी मूर्तियाको ऐतिहासिक पुरातात्त्विक र धार्मिक महत्त्व स्वयंसिद्ध हुन जान्छ। यस्तै अमेरिकामा अहिले बसोबास गरिरहेका विद्वान् राममनोहर साहले ‘द मिडिल कन्ट्री’मा पनि मूर्तियाको विशेषता, ऐतिहासिकता र पुरातात्त्विकताको बारेमा विस्तृत उल्लेख गरेका छन्।

इतिहास 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.