कुमारीको ऋणपत्रमा देखिएन आकर्षण

कुमारीको ऋणपत्रमा देखिएन आकर्षण

काठमाडौं : कुमारी बैंकको ऋणपत्रमा न्यून आवेदन परेको छ। अवधि सकिनु एक दिन अघिसम्म मात्र मात्र २ लाख ८ हजार इकाइका लागि आवेदन परेको हो। कात्तिक २ गते बिक्री खुला भएको ऋणपत्रमा मात्र १ हजार ६ सय ५० जनाले आवेदन दिएका हुन्। उनीहरूले २० करोड ८५ लाख २७ हजार रुपैयाँबराबरको ऋणपत्र माग गरेका हुन्।

बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ निष्कासन गरेको हो। बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बाँडफाँट गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। तर, हालसम्म मात्र १० प्रतिशतका लागि आवेदन परेको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ र अधिकतम ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द छिटोमा कात्तिक १२ गते हुनेछ। आइतबारसम्म मागअनुसार आवेदन नपरेको खण्डमा आवेदन अवधि लम्ब्याएर कात्तिक १६ गते कायम गरिनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ हो।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा बैंकलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.