प्रशिक्षक मोन्टी र कप्तान रोहितले भने : सन्दीप समावेश भएसँगै टीम बलियो बनेको छ
काठमाडौं: आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो ।
नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।
खेल अघि नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरु उत्साहित रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
७