भीरबाट लडेर वृद्धको मृत्यु

भीरबाट लडेर वृद्धको मृत्यु
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-३ बेसारघारी निवासी ७० वर्षीय वृद्ध गणेशबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार गणेशबहादुर आज दिउँसो २ बजे घर नजिकै रहेको भीरमा घाँस काट्न जाँदा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त घटनाबारे प्रहरीलाई सूचना पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.