आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेल

नेपाललाई पाचौं सफलता, सन्दीप लामिछानेले लिए विकेट

नेपाललाई पाचौं सफलता, सन्दीप लामिछानेले लिए विकेट
फाइल तस्बिर।

काठमाडौं : सिंगापुरविरुद्धको खेलमा नेपालले पाचौं विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेलको दशौं ओभरमा पूर्वकप्तान सन्दीप लामिछानेले पाचौं विकेट लिएका हुन्। 

लामिछानेले १०.२ ओभर जनक प्रकाशलाई आउट गरेका छन्। यस अगाडि लामिछानेले सुरेन्द्र चन्द्रमोहनलाई पनि आउट गरेका थिए। गुल्सन झाले अमार्त्य कौल र रोहन रंगराजनलाई आउट गरे भने करण केसीले एक विकेट लिए। केसीले सिंगापुरका कप्तान अरित्र दत्तलाई आउट गरेका हुन्। अहिले सिंगापुरले ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ।

सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.