नक्कली सर्टिफिकेट बनाएर बेच्दा...

नक्कली सर्टिफिकेट बनाएर बेच्दा...
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कक्षा १२ को नक्कली सर्टिफिकेटहरू बनाएको आरोपमा ग्राफिक डिजाइनिङ एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का २३ वर्षीय साइरस विसंखे छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको आशंकामा काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई कागजात पठाइएको थियो। कार्यालयमा आएका कागजातमध्ये राहुलकुमार मण्डलको सर्टिफिकेट नक्कली भएको पाइएपछि सञ्चालकलार्ई पक्राउ गरिएको हो। 

सञ्चालकलार्ई पक्राउ गरेपछि उनको प्रिन्टिङ सर्भिसमा खानतलासी गरेर मोबाइल र कम्प्युटर बरामद गरेर थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको कार्यालयले जनाएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार, भिजिट भिसामा विदेश जाने व्यक्तिहरूको कागजात नक्कली बनाइने गरेको सूचना प्रहरीले पाएको थियो। अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयमा आएको कागजात जाँच गर्ने क्रममा नक्कली कागजात बनाउने समूहलार्ई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जीवराज तामाङ र आशिष श्रेष्ठ छन्। 

भिसामा विदेश जाने व्यक्तिहरूको कागजात नक्कली बनाएवापत उनीहरूले पीडितबाट पाँच लाख रकमसमेत लिएका थिए। उनीहरूले उच्च माध्यमिक विद्यालयका सर्टिफिकेट नक्कली बनाउने गर्थे। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउने कार्यमा संलग्नहरू जिल्ला उदयपुर बेलका घर भई हाल पेप्सीकोला बस्ने वर्ष ३० का आशिष श्रेष्ठ र जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल सिनामंगल बस्ने वर्ष २८ का जीवराज तामाङ पक्राउ परेका हुन्। 

प्रहरीले उनीहरूबाट मोबाइल २ वटा, ९५ हजार नगद तथा विभिन्न कम्पनीको प्लेन टिकट पनि बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.