डोल्पाको त्रिपुराकोट बजारमा चोरीका घटना बढ्दै, एकै रात २ ठाउँमा चोरी

डोल्पाको त्रिपुराकोट बजारमा चोरीका घटना बढ्दै, एकै रात २ ठाउँमा चोरी
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुराकोट बजारमा चोरको बिगबिगी बढेको छ। एकसाता यतामात्रै तीनवटा ठाउँमा चोरी भएको छ।

गए रातीमात्रै गुरुङ्ग फेन्सी पसलबाट नगत १२ हजारसहित केथी थान ज्याकेट र टिसर्ट चोरी भएको छ। 'चोर मध्य राती ढोका फुटाएर पसलमा छिरेछ,पैसा राख्ने घर्रा पनि फुटाएछ,भान्सामा छिर्न खोजेपछि थाहा भयो', सञ्चालक लक्ष्मी गुरुङ्गले भनिन्।

चोरलाई समात्न खोज्दा खोज्दै भागेको उनले बताइन्। त्यस्तै गए राती नै फोक्सुन्डो होटेलमा सुतिरहेका त्रिपुरासुन्दरी नगरपालिका ६ का अध्यक्ष देवेन्द्र चलाउनेको ४८ हजार मूल्य बराबरको भिभो कम्पनीको मोबाइल चोरी भएको छ।

'गएराती कोठामा चुकुल लगाउन बिर्सिएछु,कोठा बत्ती बलेको थियो,राती कतिखेर सिरानमा राखेको मोबाइल चोरी भएको थाहै भएन', उनले भने।

त्यसैगरि हिजोराती नै दुई तीनवटा घरमा ढोका हानेको स्थानीयले बताएका छन्। गत नौ गते पनि त्रिपुराकोट बजारकै होलसेल पसल रितिका टेडर्सबाट १ लाख ५० हजार बराबारको सामान चोरी भएको थियो।

यो विषयमा शंकास्पद व्यक्ति किटान गरेर प्रहरी चौकी त्रिपुराकोटमा उजुरीसमेत परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.