एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु
काठमाडौं : नेकपा (एमाले)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो सवा बाह्र बजेबाट पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम सुरु भएको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै मंगलबारलाई तय गरिएको कार्यक्रम आज सारिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका थिए।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, राजदूत, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी उपस्थित हुनेक्रम जारी छ। ओलीले पाहुनाहरुलाई स्वागत गरिरहेका छन्।
अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भीड लागेको छ। मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ।