हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न आवश्यक छ : राष्ट्रपति


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्युनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए।

नेपाल कार्वन उत्सर्जनको कारक नहुँदा पनि जलवायु परिवर्तनको मारमा परेको विषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामु उजागर गर्ने बनाउनु सन्तोषको विषय भएको उनले बताए। 

राष्ट्रपति पौडेलले अहिले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिएको अवस्थामा अन्य हिमाललाई पनि आरोहण अनुमति दिँदै पर्यटन प्रवर्द्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने बताए। उनले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिए।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सेतो हिमालको कथालाई विश्वसामू चिनाउनका लागि पूर्खाहरूले बलिदान गरेको बताए। नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उहाले विश्व बजार नयाँ ढंगले प्रचार गर्न सके पर्यटनबाट समृद्धि सम्भव रहेको बताए।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिएको र अब यस विषयमा विश्वको ध्यानाकर्षित गराउनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा संघले प्रकाशन गरेको नेपाल पर्वत बुलेटिन विमोचन गरिएको थियो भने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.