पलेशालाई प्रधानमन्त्री दाहालको बधाई

पलेशालाई प्रधानमन्त्री दाहालको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल (दायाँ) पलेशा गोवर्द्धनलाई बधाई दिँदै।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवद्र्धनलाई बुधबार बधाई दिएका छन्। प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाई दिएका हुन्। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाई दिएका थिए।

भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थित  थियो।

पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्। पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो।

पलेशाले यसअघि सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्। २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोस्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन्।

१० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा सन् २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन्। राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो। त्यसमा उनी पाँचौ भएकी थिइन्।

काठमाडौं महानगरपालिका–२८ बागबजार निवासी पलेशाले सन् २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन्। सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.