पैनीमा डुबेको अवस्थामा भेटिएकी महिलाको मृत्यु

पैनीमा डुबेको अवस्थामा भेटिएकी महिलाको मृत्यु
सुन्नुहोस्

पैनीमा डुबेर घाइते भएको अवस्थामा फेला परेकी पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीकी ५२ वर्षीया गंगा राईको मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले दिए ।

विराटनगर : मोरङको पथरीशनिश्चरेमा पैनीमा डुबेको अवस्थामा भेटिएकी एक जना महिलाको बुधबार साँझ मृत्यु भएको छ । 

पैनीमा डुबेर घाइते भएको अवस्थामा फेला परेकी पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीकी ५२ वर्षीया गंगा राईको मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले दिए । उनका अनुसार गंगालाई घरनजिक रहेको पैनीमा डुबिरहेको देखेपछि छोराले उद्धार गरेर साँझ ६ बजेतिर उपचारका लागि अस्पताल पुर्याएका थिए । 

उपचारका लागि पथरी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । शवलाई पोस्टमार्टमाका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.