टि-२० विश्वकप एसिया फाइनल छनोट : नेपालले यूएईसँग निर्णायक खेल शुक्रबार खेल्ने

टि-२० विश्वकप एसिया फाइनल छनोट : नेपालले यूएईसँग निर्णायक खेल शुक्रबार खेल्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं :  आईसीसी टि-२० विश्वकप एसिया फाइनल छनोटको निर्णायक खेल यूएईसँग हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार ओमानसँग पराजित भएसँगै नेपालले सेमिफाइनल खेल समूह बीको विजेता यूएईसँग शुक्रबार प्रतिस्पर्धा गर्ने भएको हो। सेमिफाइनल खेल मुलपानीमा हुने छ।

यस अगाडि समूह चरणमाको खेलमा नेपालले सिंगापुर र मलेसियालाई पराजित गरेको थियो। नेपालका लागि भोलिको खेल महत्त्वपूर्ण रहेको छ। नेपालले भोलिको खेलमा यूएईलाई पराजित गरेको खण्डमा मात्र आईसीसी टि-२० विश्वकप खेल्ने पाउने छ। 

आज भएको खेलमा नेपाल ओमानसँग ५ रनले हारेको थियो। ओमानका विलाल खानले तीन किकेट, अकिब इलयास, सकिल अहमद  र मेहरान खानले समान दुई/दुई विकेट र कप्तान जिशान मकसुदले एक विकेट लिएका थिए। 

ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनमा समेटियो। नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन जोडे। कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२, कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

यस अगाडि नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले समान १/१ विकेट लिएका थिए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.