लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ
सुन्नुहोस्

उदयपुर : उदयपुरको बेलका नगरपालिका-१, आम्बासीमा शरीरभित्र फ्रिज गरी लागूऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका-४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका ३० वर्षीय मुकेश राई रहेका छन्। 

अस्थायी प्रहरी बिट आम्बासिबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई खानतलासी गर्दा उनीहरूको साथबाट लेबल बिनाको ३ एम्पुल र लेबल बिनाको ५ एम्पुल गरी ८ एम्पुल प्रतिबन्धित लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। 

शरीरभित्र फ्रिज गरिएको लागूऔषध प्रहरीले एक्सरेको सहायताले परीक्षण गरी निकालेको उनले बताए। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए। 

लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै कारोवारी र सेवनकर्ताले फरक–फरक शैली अपनाउन थालेका हुन्। प्रहरीले दैनिकजस्तो लागूऔषध कारोबारी र प्रयोकर्ताहरूलाई पक्राउ गर्न थालेपछि उनीहरूले फरक शैली अपनाएको हुन सक्ने अनुमान गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.