सीमा स्तम्भ जोगाउँदै सशस्त्र प्रहरी

सीमा स्तम्भ जोगाउँदै सशस्त्र प्रहरी
सुन्नुहोस्

जनकपुरधाम : सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील रहेको नेपाल भारत दशगजा क्षेत्रमा सीमा स्तम्भ संरक्षणका लागि सशस्त्र प्रहरीले अभियान थालेको छ। 

सीमा स्तम्भ रंगरोगन तथा मर्मत अभियानअन्तर्गत मधेस प्रदेशमा बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ जटही स्थित १८५ नम्बरको सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको हो। 

नापी विभागका अनुसार नेपाल भारत सीमा क्षेत्रमा ८ हजार ८५३ वटा सीमा स्तम्भ छन् जसमध्ये मधेस प्रदेशको आठवटै जिल्लाका दशगजा क्षेत्रमा ४ हजारभन्दा बढी सीमा स्तम्भ छन्। जसमध्ये अभियानअन्तर्गत पहिलो चरणमा एक हजार बेजोड नम्बरका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगन गरिने मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआइजी दिपेन्द्र साहले जानकारी दिए। 

बिजोर नम्बरका सीमास्तम्भहरू नेपाल पक्षले र जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मर्मत सम्भार गर्ने साहले जानकारी दिए। २०७७ साउन १९ गते मन्त्री परिषदले सीमा स्तम्भहरूको संरक्षण तथा रंगरोगनका सन्दर्भका गरिएको निर्णय अनुसार नै सशस्त्र प्रहरीले यो अभियान सञ्चालन गरेको डीआइजी साहले बताएका छन्। 

मधेस प्रदेशमा सीमा क्षेत्रलाई शान्त र सुरक्षित राख्नका लागि सशस्त्र प्रहरीका ठूला साना गरि ७४ वटा क्याम्पहरू अवस्थित रहेको र त्यसमा ३ हजारभन्दा बढि प्रहरी सीमा सुरक्षार्थ खटिएको डीआइजी साहले जानकारी गराएका छन्। 

सीमा स्तम्भ संरक्षणका लागि मात्रै प्रहरीको प्रयासबाट सम्भव नरहेको हुनाले स्तम्भ जोगाउन स्थानीयवासी र सबै क्षेत्रको समान सहभागिताको आवश्यकता रहेको उनले बताए। मधेसमा विशेष गरी बारा, पर्सातर्फ सीमा स्तम्भहरू टुटाउने र कतिपय सीमास्तम्भहरूनै हराएको हुँदा यस अभियानमार्फत तिनीहरूको पनि खोजी गरिने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.